सिप्रदी अटोपार्टस प्रा. लि. र नेपालको सबैभन्दा ठुलो अनलाइन स्टोर दराज बिच भयो सहर्काय



काठमाडौ, २८ भदौ । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रा. लि. र नेपालको सबैभन्दा ठुलो अनलाइन स्टोर दराज बिच सहर्काय गर्ने सम्झौता भएको छ । अनलाइन स्टार दराजमा टाटा जेन्युइन पार्टस र टाटा मोर्टस जेन्युइन आयल उपलब्ध हुन थालेको सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठले जानकारी दिए ।

काठमाण्डौ स्थित हायात प्यालेस होटेलमा आयोजित एक कार्यक्रममा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तराष्ट्रिय व्यापार प्रमुख श्री राकेश मित्तलको प्रमुख उपस्थिती र काठमाण्डौ उपत्यका भित्रका खुद्रा बिक्रेताहरु अनि देशभरका टाटा गुरुहरुको उपस्थितीमा सिप्रदी अटोपार्टस् प्रा. लि. का सिनियर जेनरल म्यानेजर श्री युवराज बुढराथोकी र दराज अनलाइन स्टारका व्यापार अधिग्रहण तथा आवरण प्रमुख श्री नबिन रानामगर बिच सहमति र सहकार्य को सम्झौता भएको छ ।


अब टाटा मोटर्सका ग्राहकहरुले छिटो छरितो र सहज रुपमा टाटा जेन्युइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल खरिद गर्न सकिने सिप्रदी अटोपार्टस् प्रा. लि. का सिनियर जेनरल म्यानेजर श्री युवराज बुढराथोकी बताए । यसबाट ग्राहकवर्गहरु नक्कली पार्टपुर्जाबाट ठगिन पर्ने अवस्था छैन र उचित मुल्यमा जेन्युइन पाटसहरु प्राप्त गर्न सकिने दराज अनलाइन स्टारका व्यापार अधिग्रहण तथा आवरण प्रमुख श्री नबिन रानामगरले जानकारी दिए ।

प्रकाशित मिति : भाद्र २८, २०८० बिहीबार  ३ : २९ बजे