सर्वोच्च अदालतका लागि प्रस्तावित शर्माको नाम सर्वसम्मत अनुमोदन



काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।शुक्रबार सिंहदबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

संसदीय समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ । उनीविरूद्ध एउटा पनि उजुरू नपरेपछि आज सिधै सुनुवाइ भएको हो ।

प्रकाशित मिति : भाद्र २९, २०८० शुक्रबार  १ : ४९ बजे