मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवजात शिशु बिक्री प्रकरणमा अस्पताल सञ्चालक पक्राउ



काठमाडौ, ४ असोज । नवजात शिशु बिक्री गरेको घटनाका सम्बन्धमा अनुसन्धान गर्न विराटनगरस्थित ग्रिनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई प्रहरीले पक्राउ गरेको छ ।

नवजात शिशु बिक्री प्रकरणमा हस्पिटलबाट संस्थागत त्रुटि भएको अनुसन्धानबाट खुलेपछि खवासलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।यो प्रकरणमा पक्राउ पर्नेको संख्या डा. तपेश्वरलाल कर्णसहित ७ पुगेको छ । कर्णले भोजपुरको हतुवागढी गाउँपालिकाकी २६ वर्षीया अविवाहित महिलाबाट जन्मिएको एक दिनको शिशु पाँच लाख रुपैयाँमा बेचेको अनुसन्धानबाट खुलेको छ ।उनले असार १४ मा ५ लाख रुपैयाँ लिएर मोरङको कटहरी गाउँपालिका २ की मनमाया राजवंशीलाई शिशु बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।पक्राउ परेका ६८ वर्षीय डा. कर्णसहित ७ जनालाई प्रहरीले तीनवटा मुद्दा चलाउने तयारी अगाडि बढाएको छ ।प्रहरीले संगठित अपराध, मानव बेचबिखन तथा ओसारपसार र व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ३ : ३९ बजे