मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१५ लाख ८७ हजार नक्कली नोटसहित दुईजना पक्राउ



काठमाडौ, ५ असोज । सुनसरीको इटहरीबाट १५ लाख ८७ हजार नक्कली नोटसहित इटहरीबाट दुईजना पक्राउ परेका छन् ।

इटहरी उपमहानगरपालिका ६ स्थित एक होटलबाट नक्कली नोटसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा संखुवासभा घर अजय राई र विवेक राइलाई पक्राउ गरेको प्रहरी निरीक्षक कैलाश चौधरीले बताए ।उनीहरुको साथबाट १ हजार रुपैयाँका १६ बन्डल नोट फेला परेको छ ।इटहरीमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो ।त्यस क्रममा शंका लागेर खानतलासी गर्दा ती व्यक्तिहरु नक्कली नोटसहित पक्राउ परेका हुन् ।

जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीले बताए ।इटहरीसहित सुनसरीका विभिन्न व्यापारिक केन्द्रहरुमा नक्कली नोट पाइन लागेपछि सुक्ष्म रुपमा निगरानी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ५ : ३१ बजे