मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गैँडा मार्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ



काठमाडौ, ८ असोज । चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेको अभियोगमा फरार रहेका चार जनालाई २५ वर्षपछि पक्राउ गरेर सार्वजनिक गरेको छ ।

विसं २०५५ कात्तिक २८ गते खाल्डोमा पारी गैँडा मारी खाग काटेको अभियोगमा फरार रहेका विष्णु कार्की, गोगनबहादुर बाँनिया क्षेत्री, यामबहादुर बाँनिया र हरी कार्कीलाई निकुञ्जले पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उनीहरुमध्ये हरिलाई विसं २०५७ माघ २५ को फैसलाले रु ५० हजार जरिवाना र सात वर्ष कैद तोकेको थियो भने अन्यलाई रु एक लाख जरिवाना तथा १० वर्ष कैद तोकेको थियो ।

उनीहरुलाई यही असोज ६ र ७ गते पक्राउ गरिएको हो । उनका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा विष्णु, गोगनबहादुर तथा यामलाई ६ र ७ गते पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको सहयोगमा हरीलाई असोज ६ गते पक्राउ गरिएको हो । सो घटनमा १७ जनाको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको थियो । अन्यलाई पक्राउ गरिसकिएको छ । पक्राउ परेका उनीहरुलाई कारागार कार्यालय भरतपुर पठाइएको तिवारीले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ४ : ०२ बजे