प्रधानमन्त्री दाहाल छोङछिङमा



काठमाडौ, ९ असोज । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज छोङछिङ पुगेका छन् ।उनलाई छोङछिङमा सो महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे ।

प्रधानमन्त्रीले आज छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गर्नेछन्। उनका साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य सदस्य पनि छन् ।

प्रकाशित मिति : आश्विन ९, २०८० मंगलबार  ११ : ०७ बजे