काठमाडौं, ९ असोज । नेकपा (एमाले) वाग्मती प्रदेशले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘न मास न क्याडर्स पाटी’ भनेको छ । पहिलो प्रदेश अधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीति तथा सांगठनिक प्रतिवेदनमा रास्वपाबारे यस्तो उल्लेख भएको हो ।प्रथम अधिवेशनको बन्त्रसत्रमा राजनीति प्रतिवेदन पेस गर्दै अध्यक्ष केशवराज पाण्डेले रास्वपालई न मास न क्याडर्स पार्टी भएको उल्लेख गरेका हुन् ।
“राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिक र वैचारिक दृष्टिकोण विहीन, द्विविधाग्रस्त सांगठनिक चिन्तन (न मास पार्टी न क्याडर्स पार्टी), अर्थ राजनीतिक दृष्टिकोणमा अस्पष्ट हुँदाहुँदै उदारवादी पूँजीवादलाई आर्थिक नीतिको रूपमा स्वीकार गर्ने,” प्रतिवेदनमा उल्लेख छ ।‘राजनीतिक र वैचारिक दृष्टिकोण विहीन, द्विविधाग्रस्त सांगठनिक चिन्तन भएको पार्टी (न मास पार्टी न क्याडर्स पार्टी) अर्थ राजनीतिक दृष्टिकोणमा अस्पष्ट हुँदाहुँदै उदारवादी पूँजीवादलाई आर्थिक नीतिको रूपमा स्वीकार गर्ने’, अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
रास्वपा तत्कालीन लाभको लागि उत्तेजक कार्ड फ्याक्ने पार्टी भएको उसको निष्कर्ष छ । मूलधारको पार्टीका विरूद्धमा गलत अभियान चलाउने, जनमतलाई स्थापित पार्टीको विरूद्ध भड्काएर आफूतिर आकर्षण गर्न प्रयत्न गर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।














