काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध मुद्दा दर्ता नभएको विषयमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ ।
न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारलाई यो विषयमा लिखित जवाफ पेस गर्न आदेश दिएको छ।
वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ललिता निवासमा पूर्वप्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिइएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले यस्तो आदेश जारी गरेको हो।
अदालतले यसअघि दर्ता भएको दुईवटा रिट निवेदनलाई साथै राखी पेस गर्न आदेश गरेको छ।














