मुगुमा डिजेल र पेट्रोलका २ पसलमा तालाबन्दी



काठमाडौ, १० असोज । जिल्ला सदरमुकाम गमगढी बजारमा रहेका अधिकांश पसलहरु कानुनविपरीत सञ्चालन भएको पाइएको छ ।

खाद्यान्न, खुद्रा, फेन्सी इलेक्टोनिक, सिलाईकटाई, मोबाइल, तरकारी, होटल, मदिरा, डिजेल, पेट्रोल, मासु पसल पसलहरुका अनुगमन गर्दा यस्तो पाइएको हो ।जनगुनासो आएपछि मंगलबार जिल्ला संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको थियो । त्यस क्रममा अवैध रुपमा डिजेल ग्यास र पेट्रोल बिक्री गर्ने २ पसलमा अनुगमन टोलीले तालाबन्दी गरेको हो । टोलीले अखाद्य बस्तु बरामद समेत गरेको छ ।

गमगढी बजारमा रहेको सम्झना जनरल स्टोर एण्ड सप्लायर्स फर्ममा डिजेल र पेटोलको २–३ बर्षदेखि अबैध रुपमा कारोबार गरेको देखिएको र मनिसा पेट्रोल निगम फर्ममा बिक्री बितरणको लागि अनुमति नलिई कारोवार गरेको देखिएपछि तालाबन्दी गरिएको हो ।अवैध रुपमा गरिने कारोबार नियन्त्रण हुनुपर्ने र सम्बन्धितलाई कारवाही हुनु पर्ने नागरिक समाज मुगुका अध्क्षय रुप बहादुर मल्लले बताए ।

सरोकारवाला निकायमा व्यवसाय अनिवार्य रुपमा दर्ता हुनुपर्ने र यसका लागि व्यवसायीलाई जनचेतना दिर्ने काम उद्योग वाणिज्य संघबाट भइरहेको भए पनि कतिपयले अटेर गर्दै व्यवसाय सञ्चालन गरेको पाइएको उद्योग वाणिज्य संघ मुगुका प्रथम रत्नसिंह मल्लले बताए ।अवैध कारोबार गर्ने पसलहरुलार्य कानुनअनुसार कारबाही गरिने अनुगमन टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्र अ‍ोखडाले बताए ।

प्रकाशित मिति : आश्विन १०, २०८० बुधबार  ११ : १८ बजे