काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने “चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम काठमाण्डौ स्थित होटल ह्यात रिजेन्सीमा सम्पन्न गरेको छ ।
कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा आ.व. २०७९/२०८० मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४५० जना भन्दा बढि अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्नुका साथै नेपालभरीबाट आफ्नो कोड र संजालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम द्धित्तिय र तृत्तिय हुने अभिकर्ताहरु, समूहगत व्यवसायबाट प्रथम हुने र आफ्नो र संजालमा अलग अलग उत्कृष्ट गर्ने ७ जना लिडर अभिकर्तालाई सम्मान पत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको थियो साथै सात वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग अलग प्रथम, द्धित्तिय, तृत्तिय हुने लिडर अभिकर्ताहरुलाई पनि सम्मानित गरिएको थियो ।
समारोहमा अध्यक्ष सिंहले नेपालको जीवन बीमा क्षेत्रमा कम्पनीले आफ्नो अलग्गै पहिचान बनाई एक प्रमुख जीवन बीमा कम्पनीको रुपमा आफुलाई स्थापित गरेको बताइन् । उनले कम्पनीले आउने दिनहरुमा आफ्नो प्रतिष्पर्धात्मक धारलाई कायम राखी सबै सरोकारवालाहरुलाई उचित प्रतिफल उपलब्ध गराउन प्रयासरत रहेको र यो सबै अभिकर्ताहरुको योगदानवाट मात्र संभव हुने भएकोले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता अध्यक्षज्यूले प्रकट गरिन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आफ्नो वर्ष भरीको मेहनत र परिश्रम वापत तोकिएको लक्ष्य पुरा गरी यस कार्यक्रममा सहभागी भई चेयरपर्सन क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्ताहरुलाई बधाई ज्ञापन गदै अभिकर्ताहरु कम्पनीका मेरुदण्ड रहेको र अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकोले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन थप लगानी गर्ने प्रतिवद्धत्ता व्यक्त गरे ।











