आज विश्व अहिंसा दिवस मनाइँदै



काठमाडौं, १५ असोज । आज विश्व अहिंसा दिवस । विश्वमै मानिएका अहिंसाका नेता महात्मा गान्धीको जन्मदिनको रुपमा पनि आजको दिनलाई मनाइन्छ ।

गान्धीको विचारधारा र अहिंसाको आदर्शलाई आत्मसाथ गर्नका लागि आज विश्वभरि पैरवी गरिन्छ ।सन् २००७ मा संयुक्त राष्ट्र सङ्घले सुरु गरेको अन्तर्राष्ट्रिय अहिंसा दिवसमा मोहनदास करमचन्द गान्धी अर्थात् विश्वभर महात्मा गान्धी भनेर चिनिने भारतीय नेताको जीवनशैलीलाई अनुकरण गर्ने दिन पनि मानिन्छ ।

प्रकाशित मिति : आश्विन १५, २०८० सोमबार  १० : ५१ बजे