कुमारी बैंकले ल्यायोे ‘दशैं र तिहार परिवारलाई उपहार’योजना



काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गर्दै बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ । दशैं तथा तिहारको अवसरमा बैंकले ग्राहक माझ निकै लोकप्रिय कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको हो।

दशैं तिहार्र लक्षित यस योजनामा २६ लाखको बीमा सुविधा अन्तर्गत परिवारका ४ जना सदस्यलाई रु एक लाखको मेडिकल बीमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाख सम्मको दुर्घटना बीमा तथा एक लाख सम्मको घातक रोग बीमा सुरक्षण समावेश गरिएको बैंकले जनाएको छ ।

योजना अन्तर्गत बैंकले खाता खोलीएको पहिलो वर्षको लागि लकर सुबिधामा लकर शुल्कमा १०० प्रतिशत तथा लकर मार्जिनमा ५० प्रतिशत छुट तथा निःशुल्क डेबिट/क्रेडिट कार्ड सुविधा प्रदान गर्ने छ भने बैंकका अन्य बचत खाताहरुमा रु २० हजारको मेडिकल बीमा सुविधा प्रदान गर्ने छ ।

बैंकले सानिमा जी आई सी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड सँग बीमा प्रदायक कम्पनीको रुपमा सहकार्य गर्दै आएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : आश्विन १५, २०८० सोमबार  १ : ०० बजे