यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर



काठमाडौं, १६ असोज । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार आज, युरो एकको खरिद दर १३९ रुपैयाँ ६६ पैसा र बिक्री दर १४० रुपैयाँ २९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ १२ पैसा र बिक्री दर १६१ रुपैयाँ ८५ पैसा रहेको छ ।


यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा रहेको छ ।त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ४३ पैसा रहेको छ भने विक्री दर ९७ रुपैयाँ ८७ पैसा रहेको छ ।

प्रकाशित मिति : आश्विन १६, २०८० मंगलबार  ९ : ५८ बजे