सुनको मूल्यमा लगातार गिरावट,मंगलबार पनि तोलामा १ हजार बढिले घट्यो



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँ तय गरेको छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । आज तोलामा ३० रुपैयाँले मूल्य घटेर प्रतितोला १३ सय १० रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको कारोबार मूल्य तोलामा १३ सय ४० रुपैयाँ कायम थियो ।

प्रकाशित मिति : आश्विन १६, २०८० मंगलबार  ११ : ५० बजे