काठमाडौँ । सरकारले जातजाति वा सम्प्रदायबीचको सम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न आग्रह गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले, धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई आग्रह गरेको हो ।
‘विचार तथा अभिव्यक्ति स्वतन्त्रता लगायत संविधानप्रदत्त मौलिक हकको सम्मान गर्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई सकारात्मक तथा मर्यादित बनाउने सन्दर्भमा सामाजिक सञ्जाल सञ्चालक र प्रयोग कर्ताले नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान, वा राष्ट्रिय हित वा संघीय एकाइबीचको सुसम्बन्धमा प्रतिकुल असर हुनेगरी वा वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक र यस्तै अरु कुनै धारमा घृणा,द्वेष वा अवहेलना हुने कुनै काम कारबाही नगर्न नगराउनु हुन एवं विभिन्न जातजाति वा सम्प्रदायबीको सुसम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न नगराउनु हुन सम्बन्धित सबैमा सरकार आग्रह गर्छ ।’ सरकारका प्रवक्ता रेखा शर्माले भनिन् ।
त्यस्तै सरकारले दशै चाडलाई लक्षित गर्दै तत्काल देशभरि सूपथ मूल्यका पसलहरु सञ्चालन गर्न प्रस्ताव गरेको छ ।














