आजको विदेशी मुद्राको विनिमय दर कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा पुगेको छ भने,युरो एकको खरिद दर १३९ रुपैयाँ ९२ पैसा र बिक्री दर १४० रुपैयाँ ५५ पैसा रहेको छ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ७६ पैसा र बिक्री दर १६३ रुपैयाँ ४९ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : आश्विन २३, २०८० मंगलबार  ८ : ५७ बजे