मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङमा भूकम्प पत्ता लगाउन थप ‘सेस्मोमिटर’ जडान



बझाङ, २३ असोज । बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न सुरुआत गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भू–गर्भ विभागका भूगर्भविद्ले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान थालेका हुन् ।

सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान जारी रहेको नास्टका भूगर्भविद् डा शिव सुवेदीले जानकारी दिए । उनका अनुसार आइतबार तलकोट गाउँपालिकाको खौलाबजार, सोमबार सुर्मा गाउँपालिकाको दौलिचौरमा सेस्मोमिटर जडान गरिएको छ भने आज दक्षिणतर्फ जयपृथ्वी गाउँपालिकामा जडान गर्ने तयारी भइरहेको छ ।

चैनपुरमा आधार मानेर पूर्व–पश्चिम, उत्तर–दक्षिण गरी चारै दिशामा सेस्मोमिटर जडान गर्दा भूकम्पको केन्द्र, समय, रेक्टरस्केल पत्ता लगाउन सजिलो हुने सेस्मोमिटर जडान गरिएको भूगर्भ तथा खानी विभागका निर्देशक तथा वरिष्ठ भूगर्भविद् डा लोकविजय अधिकारीले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ११ : ०७ बजे