मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विमानस्थलबाट सुनसहित एकजना पक्राउ



काठमाडौँ, २३ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौँ आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । उक्त विषयमा आवश्यक अनुसन्धान सुरु भएको डा पाण्डेले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  २ : ४२ बजे