प्रभु महालक्ष्मी लाइफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत



काठमाडौ, २५ असोज । साविकका प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको आ.व. २०७८/०७९ को बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको छ ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्ज हुनुअघिका प्रभु लाइफ र महालक्ष्मी लाईफको बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन मंगलबार स्वीकृत गरेको हो ।

बीमाङ्किय मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएसँगै नयाँ बोनसदर समेत घोषणा गरेको कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति : आश्विन २५, २०८० बिहीबार  १ : ३८ बजे