मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्रोत नखुलेको नेपाली तथा भारतीय रूपैयाँसहित पक्राउ



काठमाडौ, २५ असोज । पोखरा महानगरपालिका–१९ लामाचौर हवल्दार चौताराबाट स्रोत नखुलेको भारतीय रूपैयाँसहित एकजनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१९ गैराबारी बस्दै आएका पर्वत जलजला गाउँपालिका–६ सालिजा घर भएका ३२ वर्षीय धनबहादुर पुर्जा मगर छन् ।

उनलाई ९ लाख ९५ हजार नेपाली रुपैयाँ र ४७ हजार ५ सय भारतीय रूपैयाँसहित सीआरभी लामाचौरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  २ : ३० बजे