मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लागूऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ



काठमाडौ, २६ असोज । झापाका छुट्टाछुट्टा स्थानबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरेको छ ।

झापाको बिर्तामोड नगरपालिका–३ मा लागूऔषधको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ९ का ३० बर्षीय मोहन टुडु, ३७ बर्षीय सोम मर्डी र ३२ बर्षीय अंकित भनिने डिल्लीबहादुर खड्कालाई पक्राउ गरेको हो ।उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ९८ ग्राम २ सय ४० मिलिग्राम बरामद गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, झापाको गौरीगञ्ज गाउँपालिका–२ मा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०१–०१५ प ६७४६ नम्बरको स्कुटरलाई रोकेर जाँच गर्दा चालक दमक–५ का २५ बर्षीय प्रकाश निरौलाको साथबाट ४ ग्राम ८ सय ३० मिलिग्राम ब्राउनसुगर फेला पारेको छ ।उनलाई स्कुटरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको सम्बन्धमासम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ४ : ३९ बजे