मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ



विराटनगर । २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकामा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय किशोर रहेको मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए ।

उनीहरु तीनैजना मिलेर विराटनगर महानगरपालिका–३ मा आइतबार राति बलात्कार गरेको खुलेको प्रहरीको भनाइ छ ।

सिटी सफारीमा यात्रा गरिरहेकी युवतीलाई ट्रक पार्किङ गरेको स्थानमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरी टोली पुगेको थियो ।

पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाउने तयारी प्रहरीले गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  २ : २५ बजे