मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाँजा र ब्राउन सुगरसहित ६ जना पक्राउ



विराटनगर । प्रहरीले झापा र उदयपुरबाट लागूऔषध सहित ६ जनालाई पक्राउ गरेको छ । ब्राउन सुगर र गाँजाको कारोबारमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उदयपुरको कटारी नगरपालिका ६ देउलीकुनाबाट ३८ किलो लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेमा खोटाङ घर भइ हाल उदयपुर ताप्ली गाउँपालिका १ का ३२ बर्षीय गणेश बहादुर मगर र ३३ बर्षीय बीरबहादुर मगर छन् ।

इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै, झापाको दमक नगरपालिका ५ सुकुम्बासी टोलबाट लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २४ वर्षीय समिर गजमेर, २४ वर्षीय रोशन माझी, सोही स्थान ६ का २९ वर्षीय रोशन बुढाथोकी र इलाम चुलाचुली गाउँपालिका ४ का २३ वर्षीय सागर लिम्बु छन् ।

समिर गजमेरको घरमा ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ब्राउन सुगर ३ ग्रामसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  १० : ०१ बजे