मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम पुगेर आयोगले लियो १६औँ योजनाका लागि सुझाव



काठमाडौं । राष्ट्रिय योजना आयोगले सुदूरपश्चिम प्रदेश पुगेर १६औँ योजनाका लागि सुझाव संकलन गरेको छ । १६औं योजनाको तयारीमा जुटेको आयोगले पहिलोपटक सम्बन्धित प्रदेशमै पुगेर प्रदेश, स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिएको हो ।

आयोगकी सदस्य डा. अनिता शाह ढुंगानाको नेतृत्वमा टोली सुदुरपश्चिम प्रदेश पुगेको थियो । डा. शाहको सभापतित्वमा भएको कार्यक्रममा सुदुरपश्चिमका मूख्यमन्त्री तथा सबै मन्त्री सहभागी भए ।

कात्तिक २१ गतेदेखि २ दिनसम्म चलेको छलफलमा मा मूख्यमन्त्री, मन्त्रीहरु, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, स्थानीय तहका प्रमुख–उपप्रमुखहरुले १६औँ योजना कस्तो बनाउने भन्ने सुझाव दिएका छन् ।

सुझाव दिने धेरैले संघीयताको मर्मअनुसार १६औँ योजना बनाउनु पर्नेमा जोड दिए । आयोग सदस्य डा. शाहले कार्यक्रम एकदमै सभ्य र भव्य रुपमा सम्पन्न भएको बताइन् । आयोगले अहिले केवल दस्तावेजका लागि मात्रै नभएर साच्चिकै यथार्थपरक योजना बनाउने उनले बताइन् । तल तहबाटै वस्तुपरक अवस्था बुझेर योजना बनाउन लागिएको उनले जानकारी दिइन् ।

आयोगले ६ वटा प्रदेशमा सदस्यको नेतृत्वमा टोली बनाएर पठाएको थियो । कोशी प्रदेशमा सदस्य डा. आरपी बिच्छाको नेतृत्वमा टोली पुगेको थियो भने मधेश प्रदेशमा डा. जयकान्त राउत, बागमती प्रदेशमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा. रामकुमार फुयाँल र सुदुरपश्चिममा डा. अनिता शाह ढुंगाना नेतृत्वको टोली पुगेको थियो । कर्णाली प्रदेशमा भने भूकम्पको पीडा रहेकाले कार्यक्रम स्थगन गरिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ४ : ५० बजे