काठमाडौँ । खोटाङ जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले पाठेघर खस्ने समस्याबाट वर्षैदेखि पीडित आमा दिदि बहिनीलाई लक्षित गरी नि शुल्क उपचारको व्यवस्था मिलाएको छ ।
नगरपालिकाले प्रेस विज्ञप्ती जारी गर्दै पहिलो चरणमा पाठेघर खस्ने समस्याबाट पीडित १७ जनालाई बनेपा अस्पताल ल्याइएको जनाएको हो ।
बिरामी र उनीहरूका एक एक जना कुरुवा गरी जम्मा ३४ जनालाई बनेपा अस्पताल ल्याइएको र उपचारमा लाग्ने खर्च साथै कुरुवाका लागि बस भाडा र खाने बस्ने व्यवस्था सबै नगरापालिकाले व्यहोर्ने जनाएको छ । नगरपालिकाले बनेपामा रहेको मेमोरियल अस्पताल र भक्तपुरमा रहेको सामुदायिक सेवा प्रतिष्ठानको सहकार्य एवम सहयोगमा पाठेघर रोग सम्बन्धी ६० जनलाई नि शुल्क उपचारको व्यवस्था मिलाएको हो ।
‘वर्षैदेखि पाठेघरको रोगबाट ग्रसित नागरिकको सेवा गर्नु कर्तव्य सम्झिएर हामीले यो कार्य गरिरहेका छौ,नगरप्रमुख तीर्थराज भट्टराइले भने,आगामी दिनमा अन्य बाँकी रहेका बिरामी तथा अन्य रोगबाट समस्यामा परेका नागरिकको सेवामा तल्लिन रहने छौँ ।’
नगरपालिकाले वर्षेनै नागरिकका स्वास्थ्यलाई ध्यानमा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए । उनकानुसार नगरपालिकाले गत वर्ष आँखा सम्बन्धी र मृगौला परिक्षण शिविर सञ्चालन गरेको थियो ।
यस्तो छ नगरपालिकाद्वारा जारी विज्ञप्ती :