मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढी आगलागी : झण्डै १२ करोड क्षतिको प्रारम्भिक अनुमान



धनगढी । कैलालीको धनगढीमा शनिबार राती भएको भीषण लागलागीबाट १२ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । जुत्ता गोदामबाट सुरु भएको आगलागीमा सारथी अस्पतालसहित अन्य आठ पसल संचालकले १२ करोड ७५ लाख टिपाएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले जानकारी दिए ।

उनले भने ‘दाबी गरिएको १२ करोड ७५ लाख क्षतिको विवरण प्रारम्भिक हो, पुष्टि भैसकेको भने छैन् ।’ जसमा सारथी अस्पतालले साँढे पाँच करोड, सुभेक्षादेवी सपिङ्ग सेन्टरले १ करोड २० लाख, भट्ट सपिङ सेन्टरले ७० लाख, भण्डारी सु –सेन्टरले ५० लाख, भण्डारी जनरल स्टोरले ४ करोड २५ लाख, मधुमाला देवी सपले ६० लाख र गरिमा पोलिक्लिनीकले ३० लाख, भट्ट स्टोरले ५० लाख क्षति भएको दाबी गरेका छन् । सो लगायत अन्य पसलका पीडितले पनि क्षतिको विवरण दिएको डिएसपी चन्दले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका–१ स्थित सारथी अस्पताल नजिकै दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा विद्युत् तार सर्ट भई शनिबार १ बजे आगलागी भएको हो । आगलागीमा सारथी अस्पतालसहित आठ पसलमा क्षति भएको छ ।

अस्पतालमा आगलागी भएपछि त्यहाँ उपचाररत बिरामीलाई राती नै सुरक्षीत स्थानमा सारिएको थियो । मानविय क्षति नभए पनि आगलागीबाट ठूलो भौतिक क्षति पुगेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ५ : २१ बजे