विराटनगरको कवाडी गोदाममा आगलागी: दुई जनाको मृत्यु, उपचाररत २ जनाको अवस्था गम्भीर



विराटनगर । विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा भएको आगलागीमा परी दुइ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार दिउँसो करिब सवा दुई बजे विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी पसलमा आगलागी हुँदा ३२ वर्षिय दिपक मण्डल र अर्को एक जनाको मृत्यु भएको हो।

बुधबार दिउँसो भएको आगलागीमा परी घाइते भएका अन्यको अस्पतालमा उपचार भइरहेको छ ।

उपचार गराईरहेका दुई जनाको अवस्था गम्भीर तथा दुई जनाको अवस्था सामान्य रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

विराटनगर महानगरपालिका, दुहबी, सुन्दरहरैँचा,बेलबारी नगरपालिका,बर्जु गाउँपालिकाको दमकल स्थानीय र प्रहरीको सहयोगमा बाहिरी रुपमा आगो नियन्त्रणमा आएपनी भित्री भागको आगो नियन्त्रणको प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

आगलागीको कारण भने अहिलेसम्म खुलेको छैन।

प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार  ४ : ३६ बजे