आठौं घरजग्गा मेलामा २ अर्ब ५० करोड बढी कारोबार, ४० हजार बढीले गरे अवलोकन



पौष १५,काठमाडौं । आठौं घरजग्गा मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको छ । पौष १२ गतेदेखि सञ्चालन भएको ४ दिने मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले बताए ।

उनले ४० हजार भन्दा बढी अवलोकन कर्ताहरुले मेला अवलोकन गरेको भदै मेला सोचेको भन्दा पनि राम्रो भएको बताए । उनले मेलामा क्रेताहरु र विक्रेताहरु एकै ठाउँमा भेला भइ सबैकुरा जानकारी लिएर आफूले लगानी गर्न पाउनु राम्रो भएको दाबि गरे ।

धमलाले अर्को पटकको एक्स्पोमा झनै विशेष सुविधा र छुटसहित गर्ने प्रतिवद्धता जनाउदै लिखित र मौखिक रुपमा सरकारले केही गरोस् भनेर सुझाव दिएपनि काम नबनेपछि व्यवसायीहरु सबै मिलेर मेला गर्दा सफल भएको बताए । उनले २०७६ सालमा भएको मेलामा भन्दा १।५ प्रतिशत बढी व्यापार गरेको जानकारि दिए ।

उनले मेलाबाट आशावादी हुने ठाउँ धेरै रहेको बताए । आठौं घरजग्गा मेला पौष १२ गतेदेखि सञ्चालन भएको थियो ।

प्रकाशित मिति : पुस १५, २०८० आईतबार  ८ : ०९ बजे