मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खप्तड क्षेत्र पहाडमात्र होइन संस्कृति होः परराष्ट्रमन्त्री साउद



काठमाडौं । परराष्ट्रमन्त्रीएनपी साउदले खप्तड क्षेत्र एउटा पहाडमात्र नभइ पश्चिमको संस्कृति भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘दृष्यमा खप्तड शृंखला–२’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

दुईवटा नदी कर्णाली र महाकाली पूर्व र पश्चिममा पनि पहिले हिँड्न सक्ने अवस्था नभएको भन्दै उनले बीचमा कर्णाली बगेको हुनाले दुई किनारमा भएका मान्छेहरुको मिलन आजको जस्तो सजिलो नभएको उल्लेख गरे । अहिले भने विकास बदलिएको साउदले बताए ।

‘हामीले अहिले विकास भएको हो भन्ने बुझेका हुन्छौं । यसको १०औँं हजार वर्षको इतिहास छ । समयको कालखण्डलाई नाघेर अहिले पनि त्यो सभ्यता संस्कृति हो’ उनले भने, ‘त्यसैले त्यो संस्कृति नेपालको वास्तविक संस्कृति र प्रतिनिधि संस्कृति पनि हो । त्यसलाई नेपाल र संसारभर पुर्याउने काम गर्न सकेका छैनौं । अहिले पनि सुदूरपश्चिम पछाडि परेको छ कि जस्तो लागेको छ ।’

विकासका लागि चाहिने आधारभूत तत्वहरु सुदूरपश्चिममा देशका ७ वटा प्रदेशमा भन्दा बढी रहेको भन्दै साउदले खाद्यान्न उत्पादनका लागि उर्बर जमिन कर्णाली र कञ्चनपुरका फाँटहरु महत्वपूर्ण रहेको बताए ।

‘जलवायुको सम्भावना हेर्ने हो भने पनि दुनियाँको सबभन्दा बढी सम्भावनाको क्षेत्रमध्ये सुदूपश्चिम पनि हो’ उनले भने, ‘नेपालका पाँचवटा सबै ठूला नदीमध्ये तीनवटा सुदुपश्चिममा छन् । हामीसँग ठूलो सांस्कृतिक विरासत पनि छ र एकवद्धता पनि छ ।’

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ४ : १२ बजे