महेन्द्रनगर २ माघः नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पुर्वमन्त्री रमेश लेखकले कञ्चनपुरदेखि दार्चुलाको तिंकरसम्म जोड्ने महाकाली करिडोर निर्माणले यहाँको आर्थिक विकासमा टेवा पुग्ने बताएका छन् ।कञ्चनपुरको ब्रह्मदेवबाट पहिलो पटक करिडोरको ट्रयाक खुलेपछि स्थलगत अनुगमनका क्रममा जोगबुढासम्म पुग्नु भएका प्रमुख सचेतक लेखकले करिडोरलाई समुन्नतीको मार्गका रुपमा लिनुपर्ने बताए।
“ साविक महाकाली अञ्चल जोड्ने यो करिडोर बनेपछि यहाँको जुडीबुटीदेखि, फलफुल र उत्पादन खपत गर्न सहज हुन्छ ।” नेता लेखकलेने–“ यो नाका त्रिदेशीय नाकासंगै आर्थिक नाका रुपमा विकास गर्न सकिन्छ ।”पर्यटकीय विकास एवं विस्तारका लागि पनि करिडोर सम्भावना बोकेको भएकाले कञ्चनपुरको सिद्धनाथदेखि परशुराम नगरपालिकाको धार्मिक पर्यटन क्षेत्र परशुराम धामसित जोडेर विकास गर्नुपर्नेमा जोड दिए ।
करिडोर अनुगमन हुदै परशुराम धाम पुगेका नेता लेखकसहितको टोलीले धाममा आयोजित मकर मेलामा समेत सहभागी भएको थियो ।“ करिडोर अन्र्तगत रुख कटानको समस्या चार वटै जिल्लामा हल भएर निर्माण अघि बढेको छ ।” उनले भने–“ करिडोरको ट्रयाक हुदै यो पाली डडेल्धुरा आयौं अर्को पाली बैतडीसम्म पुग्ने योजना छ ।”
विकासलाई स्मृद्धि र पर्यटनसित जोड्ने अभियान अन्र्तगत अघि बढेको बताउँदै लेखकले भारतको पूर्णागिरी दर्शनका लागि आउने भारतीय भक्तजनहरुलाई ब्रह्मदेव र महेन्द्रनगरको सिद्धनाथ मन्दीरको दर्शनपछि परशुराम धामसम्म पु¥याउने गरी लाग्नुपर्नेमा जोड दिए ।“ हरेक बर्ष फागुनदेखि जेठसम्म लाखौं भारतीय भक्तजन पूर्णागिरीपछि सिद्धनाथ मन्दीर दर्शन गर्न आउँछन् ।” उनले भने–“ अब सिद्धनाथ आउने पर्यटकलाई करिडोर हुदै परशुराम धाम पु¥याउने गरी प्रचारप्रसारमा जोड दिनुपर्छ ।” उहाँले परशुराम धामको धार्मिक महत्वका बारेमा पुर्णागिरी मेला अवधीमा प्रचार प्रसारमा जोड दिनुपर्ने बताए।महाकाली करिडोरको ट्रयाक खुलेपछि कञ्चनपुरको ब्रह्मदेव हुँदै जोगबुढा परशुराम धाम जानेको चहलपहल समेत बढेको छ ।
नेता लेखकले करिडोरका लागि आवश्यक बजेट सरकारले प्रवन्ध गर्ने बताउँदै दोधारा चादँनी सुख्खा बन्दरगाहसित करिडोर जोडेर आर्थिक नाका रुपमा समेत विकास गरिनेमा जोड दिए ।
कञ्चनपुरदेखि दार्चुलाको उत्तरीनाकासम्म जोड्ने महाकाली करिडोर अन्र्तगत लामो समयपछि कञ्चनपुर– डडेल्धुराको यात्रा करिडोरकै कारण सहज हुनुका साथै यात्रुहरुलाई समयको पनि बचत हुदै छ ।ब्रह्मदेवदेखि दार्चुलाको उत्तरी नाका तिंकर भन्ज्याङ्ग् सम्म ४१३ किलोमिटर सडक करिडोर अन्र्तगत तेह्र बर्षदेखि निर्माणाधीन छ ।
पछिल्लो समय नेपाल–भारत र चीनसितको त्रिदेशीय नाकाका रुपमा विकास गर्ने योजनासहित अघि सारिएको करिडोर अन्र्तगत ब्रह्मदेवदेखि १५ किलोमिटरसम्म९ जोगबुढा० ट्रयाक खुलेको हो ।करिडोर अन्र्तगत ३३४ योजना कार्यालय र ७९ किलोमिटर खण्ड ट्रयाक खुलाउने कामको जिम्मेवारी नेपाली सेनाले निर्वाह गरिरहेको छ ।
करिडोर अनुगमनमा सोमबार नेता लेखकसंगै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, पुर्व आर्थिक मामिला मन्त्री एवं प्रदेशसभा सदस्य प्रकाश रावल, प्रदेशसभा सदस्यहरु बेलबहादुर राना, ओमप्रकाश भाट, मधुदेवी भारती, कञ्चनपुर जिल्ला समन्वय समितिका संयोजक दुर्गादत्त बोहरा र भीमदत्त र परशुराम नगरपालिकाका नगरप्रमुख लगायतको सहभागिता रहेको थियो ।