मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिर्तामोडको वेल्स मोडल स्कुलमा विस्फोट, एक जना गम्भिर घाइते



झापा । बिर्तामोड नगरपालिकाको वडा नम्बर– ७ मा रहेको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भिर घाइते भएका छन् ।स्कुलले आज आयोजना गरेका खेलकूद कार्यक्रमको सजावटका लागि बेलुन फुलाउन प्रयोग गरिएकोे हाइड्रोजन ग्यास भरिएको सो सिलिन्डर विस्फोट हुँदा भारतीय नागरिक ५५ बर्षिय गणेश सहनी घाइते भएको प्रहरीले जनाएको छ ।

घटनामा परी सहनीको शरिरको तल्लो भाग क्षतबिक्षत भएको सो वडाका वडाध्यक्ष अविरलकृष्ण खरेलले जानकारी दिए ।उनको उपचारको लागि विएण्सी मेडिकल कलेज पठाइएको छ । घाइतेको अवस्था चिन्ताजनक रहेको सो वडाका वडाअध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए । वडा अध्यक्ष खरेलका अनुसार घाइतेको कम्मर मुनिको भाग क्षतबिक्षत् अवस्थामा छ । विस्फोटबाट उनको खुट्टा चुँडिएर झरेको छ । उनको नाम भने खुलेको छैन ।

सहनी हरेक समारोहमा बेलुल फुलाउने काम गर्दै आएका थिए । भारतको सिलिगुडीबाट उनलाई सोही कामको लागि ल्याइएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  १ : ०४ बजे