मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशीको गडबडी छानबिन हुनुपर्छ रामनारायण विडारी



काठमाडौं । माओवादी केन्द्रका नेता एवं पूर्व राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीको मत परिणामलाई लिएर सत्ता गठबन्धनमा कुनै असर नपर्ने बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित समसामयिक अन्तरक्रियामा उनले गठबन्धनको भावनाविपरीत गडबडी गर्नेलाई सम्बन्धित पार्टी र गठबन्धनले उचित दण्डित गर्ने बताउँदै यसकै कारणले सत्ता गठबन्धनमा कुनै फेरबदल नआउने बताए ।

कोशीमा सत्ता गठबन्धन दलबाट कांग्रेसका कृष्ण सिटौला र महिलातर्फ माओवादीकी चम्पादेवी कार्की उम्मेदवार थिए । सिटौला निर्वाचित भए भने एमालेकी रुक्मिणी कोइरालासँग कार्की पराजित भइन । दलहरुका शीर्ष तहको महमतिअनुसार मतदाता इमानदार भएको खण्डमा सत्ता गठबन्धन दलको मतभार कार्कीलाई जिताउन पर्याप्त थियो । तर, उनी हारिन् । अहिले गठबन्धनमा यसको समीक्षा भइरहँदा विडारीले अवस्था प्रष्ट पारेका हुन् ।

‘गठबन्धनमा कुनै प्रकारको फरक पर्दैन । गडबड गर्नेलाई आवश्यक दण्ड सम्बन्धित पार्टी वा गठबन्धनले गर्नेछ । त्यसको निम्ति छानबिन हुनप¥यो । कसले गडबड ग¥यो, किन ग¥यो, गडबडका कारण के थिए ? यो बारेमा छानविनपछि मात्रै भनिन्छ,’ उनले भने ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ७ : २७ बजे