मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकाउ पठाईदिन्छु भनी ठगी गर्ने पक्राउ



काठमाडौं । मकाउ पठाइदिने भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको महाराजगंजका ५३ वर्षीय पृथ्वीराज सिग्देललाई पक्राउ गरेको हो ।

सिग्देलले वैदेशिक रोजगारीको लागि मकाउको प्रतिष्ठित कम्पनीमा पठाइदिने भन्दै नौ लाख रुपैयाँ माग्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय जनाएको छ । सिग्देलले राम्रो तलब हुने विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरुबाट पटक पटक गरी जम्मा दुई लाख ७० हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको कार्यालयले जनाएको छ ।

उनको थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ६ : ५० बजे