मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बीपी प्रतिष्ठानका कामु उपकुलपतिलाई दुर्व्यवहार गर्ने पक्राउ



विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई मंगलबार दुर्व्यवहार भएको छ ।

उनलाई आफ्नै कार्यकक्षमा एउटा समूहले मोसो दल्ने प्रयास गर्दै दुर्व्यवहार गरेको हो ।

प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएको भन्दै मोसो दलिएको मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट क्रान्तिकारी युवा संगठनले जनाएको छ ।

मोसो दल्ने संगठनका कार्यकर्ताहरु सदिप सिर्पाली, निशान कटवाल र खेम थापालाई प्रहरीले पक्राउ गरेको छ ।

उपकुलपतिको कार्यकक्षमा भेट्न पुगेका युवाले मोसो दल्ने प्रयास गरेको भन्दै तीनजनाहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरी प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार उपकुलपति कार्कीले भेट्न बोलाएका तीनमध्ये एक जनाले बोतलमा भरेर लगेको मोविल प्रहार गरेका थिए ।

शिक्षक तथा कर्मचारीहरूले बढुवा प्रक्रिया अघि बढाउन माग गर्दै आन्दोलन गरिरहेकाले प्रतिष्ठानको सेवा प्रभावित हुँदै आएको छ ।

यसअघि पनि माग पूरा गराउन दबाब दिएको तर त्यसबेला समस्या समाधान गर्ने आश्वासन दिए पनि पूरा नगरेको भन्दै उनीहरु फेरि आन्दोलित बनेका हुन् ।

ओपिडी र पठनपाठन ठप्प रहेको प्रतिष्ठानमा आइतबारदेखि ओपिडी सेवा आंशिक रूपमा सुरू भएको थियो ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ५ : ५२ बजे