मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा दुर्घटना: एकको मृत्यु, सात घाइते



बैतडी । बैतडीमा बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । सिल्लेगडा बजारबाट यात्रु बोकेर कालागोरा गाउँ जाँदै गरेको सुप्र ०१००ज १५३७ नम्बरको बोलेरो मंगलबार दोगडाकेदार–२ कटौजपानीमा सडकबाट करिब ५० मिटर तल खसेको हो ।

सवार यात्रुमध्ये दोगडाकेदार–८ कालागाउँकी १५ वर्षीया मनीषा विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए ।

गाडीमा चालकसहित ८ जना सवार थिए । घाइते ७ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । घाइते हुनेमा चालक ३० वर्षीय भूपेन्द्र विष्ट, यात्रुहरु ६५ वर्षीय गणेश विष्ट, ५० वर्षीया वीरे लुहार, २६ वर्षीया घुमरा विष्ट, ५० वर्षीया कृष्णा विष्ट, ७० वर्षीया हरिमाया विष्ट र १७ वर्षीय महेश विष्ट छन् ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ७ : २१ बजे