हिमालयन लाइफको सोह्रौं बार्षिक साधारण सभा सम्पन्न, संचालकहरु निर्विरोध निर्वाचित



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा बिहिवार सम्पन्न भएको छ । साविकका प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मर्जर भए पश्चातको पहिलो साधारण सभा भएको कम्पनीले जनाएको छ ।

े साधारण सभाले संचालक समितिको आ.व. २०७८/७९ को बार्षिक प्रतिवेदन, साविक प्राइम लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आ.व. २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन, आ.व. २०७९/८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत प्राप्त चार्टर्ड एकाउन्टेण्ट एलएसपि एशोसिएट्सको नियुक्ति तथा पारिश्रमिक र स्वतन्त्र संचालक नियुक्तिलाई स्वीकृत तथा अनुमोदन गरेको छ ।

यसैगरी सभाले संचालक समिति तथा उपसमितिको बैठक भत्ता, कम्पनीबाट आ.व. २०७८।७९ मा भएको खर्च अनुमोदन गरेको छ भने प्रस्तावित बिषय उपर कुनै संसोधन एवं फेरबदल गर्नु पर्ने भएमा संञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

त्यसैगरी साधारण सभाले संस्थापक शेयरधनी तर्फ शुलभ अग्रवाल, विवेक दुगड, सौरभ दुगड र सर्वसाधारण शेयरधनी तर्फ राजीव प्रसाद प्याकुरेल, प्रमिला के.सी. र सचिन आचार्य निर्विरोध निर्वाचित भएको घोषण गरेको छ ।

साधारण सभामा मन्तब्य राख्दै संचालक समितिका अध्यक्ष शुलभ अग्रवालले मर्जर पश्चात कम्पनी व्यवस्थित रुपमा अगाडि बढिरहेकोले आगामी दिनमा कम्पनीलाई अग्रणी संंस्थाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले मर्जर पश्चात कम्पनी सवल र सक्षम भएको बताउदै आगामी दिनमा शेयरधनीहरुलाई उचित लाभ प्रदान गर्ने बताए ।

प्रकाशित मिति : माघ १९, २०८० शुक्रबार  ११ : १४ बजे