प्रभु महालक्ष्मी लाइफको मिड टर्म विजनेस समिट सम्पन्न



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘मिड टर्म विजनेस समिट २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । नारायणगढ, चितवनमा भएको कार्यक्रममा कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थिति थियो ।

कार्यक्रम उद्घाटन गर्दै कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले यस किसिमका विजनेस समिट कार्यक्रमले कम्पनीमा रहेका कर्मचारीहरुको कार्यक्षमता अभिबृद्धि, व्यक्तित्व एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले दुईवटा कम्पनीको मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी दिनमा कर्मचारी, बीमित, तथा सरोकारवालाहरुमा थप उर्जा, जोस, उत्साह प्रदान गर्ने बताए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणबाट प्राप्त निर्देशिका अनुसार कम्पनीले भर्खरै ल्याएको जीवन किरण सावधिक बीमा योजना (बालबालिका) का बारेमा कम्पनीका प्रोडक्ट एण्ड रिसर्च डेभलपमेन्ट विभाग प्रमुख प्रयास श्रेष्ठले विस्तृत प्रस्तुती राखेका थिए ।

प्रकाशित मिति : माघ २२, २०८० सोमबार  १ : ०७ बजे