मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङमा आगलागी, लाखौँको धनमाल क्षति



विराटनगर । मोरङका विभिन्न स्थानमा भएका आगलागीका घटनामा ८० लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर क्षति भएको छ ।

सुनवर्षी नगरपालिका–१ कालाबन्जारस्थित आशिष थापाको घरमा सोमबार राति आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

बिजुली सर्ट भइ सुरु भएको आगलागीबाट थापाको दुई तले घरसहित सुनचाँदीका गहना, तीन लाख रुपैयाँ नगदै, अन्न, भाँडा, कपडालगायत धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यसैगरी, मोरङकै कानेपोखरी गाउँपालिका–२ मा अर्जुन विष्टको घरमा राति आगलागी हुँदा ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

आगलागीका कारण विष्टको ४ कोठे पक्की घरसहित धनमाल, नगद र केही चौपाया चलेको प्रहरीले जनाएको छ । विष्टको घरमा पनि बिजुली सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

दमकल प्रयोग गरी स्थानीय बासिन्दा र प्रहरी मिलेर आगो निभाइएको थियो ।

सुख्खायाम र आगलागीका घटना हुने मौसम सुरु भएको भन्दै प्रहरीले सावधानी अपनाउन सर्वसाधारणलाई सूचित गरेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  १० : २१ बजे