सोमबार १३.२८ अंकले बढ्यो नेप्से,यि हुन सर्बाधिक कमाउने पाँच कम्पनी



काठमाडौं । सेयर बजार परिसुचक नेप्से आज दोहोरो अंकले बढेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १३.२८ अंकले बढेर १९९२.३० विन्दुमा कायम भएको हो ।

यसदिन सेन्सेटिभ इण्डेक्स ०.६० प्रतिशतले बढेर ३५५.९७ विन्दुमा बन्द भएको छ ।

आज १० उपसमूहको सूचक बढ्दा ३ को सूचक नकारात्मक देखिए । तर, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था,नेपाल वेयर हाउजिङ कम्पनी,सोनापुर मिनरल्स र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था कमाउने पाँच कम्पनीभित्र परे ।

यसदिन तीन सय १४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर दुई अर्ब एक करोड ७७ लाख ३९ हजार ६० रुपैयाँमा खरिदबिक्री भए ।

प्रकाशित मिति : फाल्गुन १४, २०८० सोमबार  ४ : ५० बजे