ताइवानलाई अमेरिकी हतियार बिक्रीको चीनद्वारा विरोध



काठमाडौं । चिनियाँ सरकारका प्रवक्ताले बुधबार चीनको ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्री बारे कडा विरोध गरेका छन् ।राज्य परिषद्को ताइवान मामिला कार्यालयका प्रवक्ता झु फेङ्ग्लियनले अमेरिकी पक्षलाई एक चीन नीतिको कडाइका साथ पालना गर्न आग्रह गरेका छन्। उनले अमेरिकालाई ताइवानलाई तुरुन्तै हतियार बिक्री रोक्न समेत आग्रह गरेका छन् ।

ताइवानलाई करिब ७५ मिलियन अमेरिकी डलरको हतियार बेच्न अमेरिकी सरकारले हालै दिएको स्वीकृति बारेको प्रतिक्रिया सोध्दा उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रवक्ता झुले ताइवानमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका अधिकारीहरूलाई उनीहरूको स्वतन्त्रता एजेन्डाका लागि अमेरिकी समर्थन खोज्ने र बलद्वारा ूस्वतन्त्रताू पछ्याउने प्रयासले ताइवानलाई खतरनाक रूपमा युद्धको नजिक लैजाने र ताइवानका जनतालाई खतरामा पार्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : फाल्गुन १६, २०८० बुधबार  ६ : ५५ बजे