बाइडेनद्वारा इजरायललाइ गाजामा अमेरिकी सहायता कटौतीको घोषणा



काठमाडौं । सहयोग बाँड्न गाजामा पुगेका ट्रकहरूको एउटा समूहको वरपर भेला भएका करीब १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको एक दिनपछि गाजामा हवाईमार्गबाट राहत सामग्री पु¥याउन शुरू गरिने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

ह्वाइट हाउसमा इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीसँगको भेटको क्रममा बाइडेनले गाजा युद्धबारे विशेष महत्व दिँदै ने, “हामीले अझै धेरै राहत सामग्री पु¥याउने काम गर्न आवश्यक छ र संयुक्त राज्य अमेरिकाले यसमा अग्रसरता लिनेछ ।”

“आगामी दिनमा हामी जोर्डनमा रहेका हाम्रा साथीहरु र अन्य सहयोगीसँग मिलेर हवाई मार्गबाट थप खाद्यान्न र आपूर्तिको व्यवस्थापन गर्नेछौं,” ८१ वर्षीय बाइडेनले भने ।

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा मानवीय सङ्कट उत्पन्न भएको र इजरायल र हमासबीच युद्धविरामका लागि वार्ता जारी रहेका बेला यो घोषणा गरिएको हो ।

बाइडेनले इजरायललाई नागरिक हताहत कम गर्न र सहायताको अनुमति दिन दबाब दिएका छन् । उनले प्रमुख अमेरिकी सहयोगीको लागि सैन्य सहायता भने कायम राखेका छन् ।

उनले मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजानमा छ हप्ताका लागि युद्धविराम गर्ने सहमति हुने आशा व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घले अनिकालको चेतावनी दिएको उत्तरी गाजामा सहायता लिएर गएका गाडीको वरपर पुगेका दर्जनौँ निराश प्यालेस्टिनीको मृत्यु भएको बिहीबारको घटनापछि युद्धविराम वार्ता जटिल बनेको छ ।

एक इजरायली स्रोतले भीडमाथि सेनाले गोली चलाएको स्वीकारेको छ र यसले ‘खतरा उत्पन्न गरेको’ बताएको छ ।

निर्दोष मानिसहरू भयानक युद्धमा फसेका आफ्नो परिवारको पेट पाल्न नसकिरहेका र सहायताका लागि भेला भएका प्यालेष्टिनीको ज्यानसम्म जाने स्थिति दुःखद भएको बाइडेनले बताए ।

प्रकाशित मिति : फाल्गुन १९, २०८० शनिबार  ४ : ५२ बजे