नाउपाको अध्यक्षमा रञ्जिता दोहोरिइन्, रेशम चौधरीलाई आयोगले दिएन मान्यता



काठमाडौं, २४ फागुन । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरीलाई अस्वीकार गरेको छ ।

रेशम पार्टीको सदस्य नै बन्न अयोग्य रहेको भन्दै रञ्जीता श्रेष्ठ चौधरी अध्यक्ष कायम रहने आयोगले निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

टीकापुर घटनामा जन्मकैद सजाय तोकिएर आममाफी पाएपछि नागरिक उन्मुक्ति पार्टीले महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो । चौधरीले केन्द्रीय समिति अध्यावधिकका लागि गत माघ २९ गते आयोगमा निवेदन दिएका थिए ।

उक्त निवेदनमाथि निर्णय गर्दै निर्वाचन आयोगले चौधरीलाई नाउपाको अध्यक्ष मान्न अस्वीकार गरेको हो ।

प्रकाशित मिति : फाल्गुन २४, २०८० बिहीबार  ३ : १८ बजे