मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुरमा २३ किलो अवैध गाँजासहित दुई पक्राउ



मकवानपुर । हेटौंडा उपमहानगरपालिका–११ सरस्वती चोकबाट अवैध लागूऔषध २३ किलो गाँजासहित दुई जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मकवानपुर, कैलास गाउँपालिका–१० नामटार घर भई हेटौंडा उपमहानगरपालिका –१९ बस्ने २५ वर्षीय मदन तामाङ र ३८ वर्षीया सर्मिला भोलन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३००३ प ७७७७ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार दुवै जनालाई गाँजासहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै कास्की रुपन्देही लगायतका जिल्लाबाट पनि प्रहरीले शनिबार झन्डै पाँच किलो परिमाण गाँजा सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । कास्की, पोखरा महानगरपालिका–१२ संगमटोल बस्ने २६ वर्षीय दिपेश नेपाली र स्याङजा घर भई पोखरा महानगरपालिका–९ नागढुङ्गा बस्ने २० वर्षीय सागर नेपालीलाई पनि करिब तीन किलोसहित शनिबार नै प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १२ : ३० बजे