मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलामको उपनिर्वाचन बहिष्कार गर्ने किरात मोर्चाको घोषणा



बिर्तामोड । किरात मोर्चाले इलामको क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ ।मोर्चाका अध्यक्ष मिसेकहाङ किरातले प्रेस विज्ञप्ति जारी गर्दै आसन्न उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन् । कोशी प्रदेश नामकरण भएकै समयमा हुने सम्पूर्ण निर्वाचन प्रक्रिया बहिष्कार गर्ने घोषणा गरेको मोर्चाले शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको छ ।

कोशी नाम खारेजी, अधिकार सम्पन्न किरात राज्यको स्थापनाको माग गर्दै आन्दोलनरत मोर्चाले प्रदेशको नाम ‘किरात’ राख्नुपर्ने माग गरेको छ । इलाम–२ मा वैशाख १५ गते निर्वाचन गर्ने सरकारको तयारी छ । उक्त क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ४ : २४ बजे