मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हरियाणास्थित कारखानामा बोइलर विस्फोट हुँदा करिब ४० जना घाइते



काठमाडौं । हरियाणाको रेवारीमा रहेको कारखानामा शनिबार साँझ बोइलर विस्फोट हुँदा करिब ४० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । घटना रेवारी सहरको धरुहेडास्थित कारखानामा भएको हो ।

“रेवारीको धरुहेडास्थित कारखानामा बोइलर विस्फोट भएको हो । हामीले अस्पतालहरूमा खबर गरेर एम्बुलेन्स घटनास्थलमा पठाइसकेका छौँ । विस्फोटमा करिब ४० जना घाइते भएका छन् भने गम्भीर घाइते एक जनालाई उपचारका लागि रोहतक पठाइएको छ“, शल्य चिकित्सक डा सुरेन्द्र यादवले भने । 

घाइतेहरूको हाल रेवारीस्थित सर सदिलाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । विस्फोटमा कोही हताहत नभएको बताइएको छ । घटनाको जानकरी पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई रेवारीस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । 

“हामीले धरुहेडाको कारखानामा बोइलर विस्फोट भएको जानकारी पाएका छौँ । घाइतेहरूको रेवारीस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूलाई उपचारका लागि रोहतक पठाइएको छ । हालसम्म कुनै मृत्युको खबर आएको छैन“, नगर प्रहरी चौकीका प्रमोद कुमारले बताए । 

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ७ : ५९ बजे