मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुसमा सकियो आमनिर्वाचन, अर्को ६ वष पुटिन राष्ट्रपति बन्ने निश्चित



काठमाडौं । रुसमा आम निर्वाचन सम्पन्न भएको छ । अब भ्लादिमिर पुटिन फेरि राष्ट्रपति बन्ने अपेक्षा गरिएको छ । रुसी सञ्चारमाध्यमका अनुसार प्रारम्भिक रुझानले पुटिनले करिब ८८ प्रतिशत मत प्राप्त गर्ने सम्भावना रहेको देखाएको छ ।

रुसी मिडिया रिपोर्टका अनुसार एक्जिट पोलले पुटिनले रुसी राष्ट्रपतिको रूपमा अर्को ६ वर्षको कार्यकाल पाएको देखाएको छ । अहिलेको चुनावमा युक्रेन युद्धको विरोध गर्ने कोही पनि चुनावमा उम्मेदवार बन्न पाएनन् ।

सुरुमा ३३ जनाले रुसको राष्ट्रपतिको दौडमा दाबी गरेका थिए । १५ जनाले मात्रै आवश्यक कागजात पेस गर्न सकेका थिए । तर, अन्त्यमा चार जनाको मात्रै उम्मेदवारी कायम भएको थियो । जसमा भ्लादिमिर पुटिन, भ्लादिस्लाव डवान्कोभ, लियोनिद स्लुत्स्की र निकोले खारिटोनोभ रहेका छन् । पुटिनको तुलनामा अरु जम्म राजनीतिक भाषमा ‘डमी’ उम्मेदवारको रुपमा रहेका छन् ।

३१ डिसेम्बर १९९९ मा बोरिस येल्तसिनले राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । त्यसपछि पुटिन कार्यवाहक राष्ट्रपति बने । पुटिनले मार्च २००० मा आफ्नो पहिलो चुनाव जितेका थिए । २००४ मा, पुटिन दोस्रो पटक राष्ट्रपति निर्वाचित भए ।

संविधानअनुसार कोही पनि लगातार दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न पाउँदैन । यस्तो अवस्थामा पुटिनले सन् २००८ मा पद त्याग्नु परेको थियो । पुटिनले दिमित्री मेदवेदेवलाई आफ्नो उत्तराधिकारी घोषणा गरे र आफैं प्रधानमन्त्री भए ।

मेदभेदेव सरकारले संविधान संशोधन गरी राष्ट्रपतिको कार्यकाल चार वर्षको सट्टा ६ वर्ष तोकेको थियो । यसपछि पुटिन सन् २०१२ मा तेस्रो पटक र सन् २०१८ मा चौथो पटक राष्ट्रपति बनेका थिए । जुलाई २०२० मा पुटिनले एक विवादास्पद संवैधानिक संशोधन ल्याए, जसले उनलाई २०३६ सम्म राष्ट्रपति रहने बाटो खुला गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १० : २९ बजे