मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



काठमाडौं । काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक बृद्धाको मृत्यु भएको छ ।

शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती बृद्धाको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । उनको गएराति साढे ११ बजे मृत्यु भएकोप्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी ७० वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको हो ।

सडकमा पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ११ : ०६ बजे