मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवकासप्राप्त सुरक्षाकर्मिहरुको जिवनस्तर सुधारका लागि सद्भाव रयाली



काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पूर्व सैनिक संगठनले यही २५ गते अवकासप्राप्त सुरक्षाकर्मिहरुको जिवनस्तर सुधार गर्न बृहत सद्भाव याली निकाल्ने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयाजना गरी संगठनका अध्यक्ष प्रकाश जंग कार्कीले यही २५ गते काठमाडौको भृकुटीमण्डपबाट बृहत सद्भाव याली निकाल्ने जानकारी दिएका हुन् ।
उनले भने,‘हामी राष्ट्रिय एकता, गतिसिल नेपाल र अवकासप्राप्त सुरक्षाकर्मिहरुको जिवनस्तर सुधार गर्न बृहत सद्भाव रयाली यहि चैत्र २५ गते भृकुटीमण्डपबाट निकाल्न लागेको जानकारी गराउँछु ।’

उनले अवकाशप्राप्त सुरक्षाकर्मीको पहिचान– स्वस्थ्य बिमा सहित निःशुल्क स्वस्थ्य सुविधा, विभिन्न निकायहरुमा अवकासप्राप्तहरुको हकहितको लागि आवाज उठाउनु कायक्तममो उद्देश्य रहेको बताए । देशले नागरिकहरुले दिएको सुविधामा भएको विभेदको अन्त्य र अन्य देशको सेनामा सेवा गरेका अवकासप्राप्तहरुको हकहित प्राप्तिका लागि कार्यक्रमले थप सहयोग पु¥याउने उनको विश्वास छ ।

उनले भने,‘ हाम्रो उद्देश्यअवकाशप्राप्त सुरक्षाकर्मीको पहिचान– स्वस्थ्य बिमा सहित निःशुल्क स्वस्थ्य सुविधा, विभिन्न निकायहरुमा अवकासप्राप्तहरुको हकहितको लागि आवाज उठाउने प्रतिनिधित्व, देशले नागरिकहरुका दिएको सुविधामा भएको विभेदको अन्त्य, अन्य देशको सेनामा सेवा गरेका अवकासप्राप्तहरुको हकहित प्राप्ति रहेको छ ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीको चैत्र २७ गतेको जनप्रदर्शनमा संगठनले पनि सहभागिता जनाउने घोषणा समेत गरेको छ ।

उनले भने,‘अवस्था र व्यवस्था बदल्न जनप्रदर्शनमा व्यापक सहभागिता–मुल पार्टी राप्रपाले आवहान गरेको चैत्र २७ गतेको जनप्रदर्शनमा हाम्रो असरदार र सक्रिय सहभागिता रहन्छ । हामी शान्तीपुर्ण जनप्रदर्शनको पक्षमा छौ ।’

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १ : ५८ बजे