मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा कराते खेलाडी ऐरिका र प्रशिक्षक श्रेष्ठ सम्मानित



काठमाडौं । अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन् ।

१९ औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी एरिका र युएस ओपन च्याम्पियनसीपमा सहभागी हुन अमेरिका गएका गुरुङ र १० औँ साग गेमका गोल्डमेडलिस्ट समेत रहेका प्रशिक्षक श्रेष्ठलाइ मोमो हाउस ह्युस्टनले १५ सय डलरसहित आज सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा टेक्सासको ह्युस्टनमा बस्ने नेपालीको उपस्थितिमा भएको थियो ।गत २८ मार्चदेखि अप्रील १ सम्म अमेरिकाको टेक्सासमा भएको उक्त प्रतियोगितामा एरिकाले १८ देखि २० वर्ष उमेरसमूह स्वर्ण र ६८ केजी तौलसमूहमा रजत पदक हात पारेकी थिइन् ।

यो प्रतियोगिताले आगामी जुलाईमा भुटानमा आयोजना हुने ८ औँ साउथ एसियन कराते च्याम्पियनसीप प्रतियोगितालाई पनि सहयोग पुग्ने विश्वास प्रशिक्षक श्रेष्ठको छ । उनका अनुसार अमेरिका गएको कराते टोली ९ तारिखमा काठमाडौं फर्किनेछ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  १ : ४९ बजे