मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भियतनाममा वित्तीय कानून उल्लंघन गर्दा एक महिलालाई मृत्युदण्ड



काठमाडौं– भियतनामकी एक रियल इस्टेट टाइकुनलाई वित्तीय कानूनको अवज्ञा गरेको अभियोगमा मृत्युदण्ड दिइएको छ ।

रियल इस्टेट टाइकुन ट्रुङ माई ल्यान नामकी महिला व्यवसायीलाई उनले साढे १२ अर्ब अमेरिकी डलर अर्थात् भियतनामी मुद्रा ३०४ ट्रिलियन–डोङ अपचलन हुनेगरी वित्तीय कानूनको अवज्ञा गरेको अभियोगमा त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

यो घटना भियतनामको इतिहासमै सबैभन्दा ठूलो हो भनेर स्थानीय सञ्चारमाध्यमहरूले महत्वपूर्ण स्थान दिएका छन् ।

ती महिला व्यवसायीको मुद्दाको सुनुवाई गत मार्च ६ मा सुरु भएको थियो र यो अनुमानित समयभन्दा धेरै अघि नै फैसला भयो भनेर समाचारमा उल्लेख गरिएको छ । यसलाई भ्रष्टाचारविरुद्धको अभियानको एक नाटकीय नतिजा थियो भन्दै सत्तारुढ कम्युनिष्ट पार्टीका नेता न्गुएन फु ट्रोङले आलोचनात्मक प्रक्रिया दिएका छन् ।

रियल इस्टेट व्यवसायका अग्रणी मानिने ती व्यवसायीको व्यापारिक कम्पनी भान थिन्ह फाट होल्डिङ्स ग्रुपकी उनी अध्यक्ष थिइन् । उनलाई हो ची मिन्ह सिटीको व्यापारिक केन्द्रमा भएको सुनुवाइको अन्त्यमा घोटाला, घूसखोरी र बैंकिङ नियमहरूको उल्लङ्घन गरेको आरोपमा दोषी पाइएपछि मुद्दा चलाईएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ८ : ५६ बजे